रौतहटमा मेयर कपक्रिकेट प्रतियोगिता सुुरु

रौतहट । रौतहट–रौतहट सदरमुकाम गौरमा मेयर कपक्रिकेट प्रतियोगिता सुुरु भएको छ । नगर स्तरिय क्रिकेट खेलाडी छनौट गन सो प्रतियोगिता गरिएको हो । जिल्लाको गौर नगरपालिकामा नगर स्तरीय मेयर कप टि–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि सञ्चालन भएको हो । एक कार्यक्रमका बिच नगर प्रमुखशम्भु साहले सो प्रतियोगिताको उद्धघाटन गरे ।

प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको छ । शनिबार वडा नम्बर १ र ५ बिच उद्घाटन खेल भयो । जसमा वडा नम्बर १ टिमले टस जितेर ब्याटिंङ गरेको थियो । वडा नम्बर १को टिमले ब्याटिङगर्दै निर्धारित २० ओभर खेल्दै १ सय ७२ बनाएको थियो ।

१ सय ७३ रनको पाएको वडा नम्बर ५ को टिम १ सय ७ रनमै समेटिन पुुग्यो । खेलमाविजयी टिमका रवि साहले नट आउट रहदै ८४ रनको पारि खेलेका थिए । प्रतियोगिता माघ २२ गतेसम्म चल्ने रौतहट क्रिकेट संघका प्रेस संयोजक प्रविण टिबडेवालले जानकारी दिए ।

रौतहट जिल्ला क्रिकेट संघको समन्वय तथा गौर नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना भएको हो । खेलको उद्घाटनमा बोल्दै नगरप्रमुख शम्भु साहले नगर स्तरीय टिम तयार पार्न मेयर कप सुुरु भएको बताए । हामीले पालिका कप खेलाउन सोच बनाए पनि नगर टिम नै तयार हुन नसकेको अवस्थामा सो प्रतियोगिता हुन नसकेको उनले बताए । अब तुरुन्तै पालिका कप हुने उनले सुनाए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया