घडिअर्वाको रामजानकी मन्दिर सिंगारिँदै

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० घडिअर्वास्थित रामजानकी मन्दिर सिंगारिने कार्य जारी छ । मित्रराष्ट्र भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाको अवसर पारी सोही दिन वीरगञ्जको मुटु भनी चिनिने घडिअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा भगवान् रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

उक्त दिन महानगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्री वितरणलगायत कार्य नगर्न महानगरले अनुरोध गरेको छ । अटेर गरी त्यस्ता कार्य गरेको पाइएमा नियमानुसार कारबाही गर्नेसमेत महानगरले सूचनामा भनिएको छ ।

उक्त दिन वीरगञ्ज महानगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्रीवितरण लगायतका कार्यहरू नगरिदिन यहाँका सबै सरोकारवाला व्यवसायीलाई सूचित गरिएको छ ।

उक्त दिनको मध्य नजर गर्दै रामजानकी मन्दिरलाई सिघारिनुको साथै बाटोमा रंगीचंगी बत्ती सजाउनुको साथै घडिअर्वा पोखरीको भित्तामा रामायण कथालाई वर्णन गर्ने चित्रकला स्थानीय चित्रकारहरूद्वारा तयार पार्ने कार्य भइरहेका छ ।

प्रतिक्रिया