बारा । बारा प्रहरीली भारतबाट भन्सार छलेर ल्याएको भारी मात्रमा खाद्य पोटास बरामद गरेको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा एमएस किसान ट्रेडर्स इन्डिया कम्पनीको खाद्य पोटास सहित १३ वटा ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
खाद्य पोटास लोड गरेको ट्रक वीरगञ्जदेखि राजबिराज बिर्तामोड गइरहेको सूचना पाएपछि जिल्लाका विभिन्न युनिटबाट खटेका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अन्दाजी ८७ लाख ३६ हजार बराबरको ५४६० बोरा खाद्य पोटास नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।
प्रहरी चौकी पथलैयाबाट खटेका टोलीले दुई हजार एक सय बोरा खाद्य पोटाससहित ४ वटा ट्रक नियन्त्रणमा लिएको थियो भने ईलाका प्रहरी कार्यालय निजगढबाट खटेका टोलीले ३ हजार ३ सय ६० बोरासहित ८ वटा ट्रकमा लोड गरेको खाद्य पोटासको बिल बिजक देखाउन नसकेकोले प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।
प्रतिक्रिया