महोत्तरीमा एक जनालाई बन्धक बनाई कुटपिट गरेको आरोप

महोत्तरी । महोत्तरीमा चोरी गरेको आरोपमा एक जनालाई अमानवीय ढंगले बन्धक बनाई कुटपिट गरिएको घट्ना सार्वजनिक भएको छ । कुटपिट हुनेमा सम्सी गाउँपालिका–६ का १४ वर्षीय मोहम्मद सेख रहेका छन् । सम्सी–३ पर्सा देवाडमा रहेको फैजुल इस्लाम मदरसा पढ्न बसेका पीडित सेखलाई मदरसाको कोषबाट एक लाख रुपैयाँ चोरेको आरोपमा ५५ वर्षीय मुस्तफ सेखले पीडितलाई बन्धक बनाएको पीडितको हजुरबुबा नाथु नदाफले बताए ।

आफ्नो नाति २८ गतेबाट नै सम्पर्कमा नआएको नदाफको भनाइ छ । माघ १ गते सम्सी प्रहरी चौकीमा निवेदन दिएलगत्तै हराएका सेख सम्सी बजारमा देखापरेको र परिवारको सम्पर्कमा आएको बताइएको छ । आफूलाई चोरी गरेको आरोप लगाएर मदरसाका सञ्चालक नुर आलमको निर्देशनमा भित्रै थुनेर राखेको कुटपिट गरिएको पीडितले बताए । पीडितले भनेको आधारमा आरोपित मुस्ताफालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकोे डिएसपी दिलीप गिरीले बताए ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया