बारा । बाराको सिमौरगढमा गत मंसिर २७ गते प्रहरीको गोलि लागेर मृत्यु भएका नन्दसगरा ढाट निवासी स्वर्गीय लक्ष्मी मुखिया बिनको घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाली काङ्ग्रेस मधेस प्रदेश समितिले मृतक बिनकी श्रीमती रन्जु देवी मुखियालाई नगद रू एक लाख पच्चिस हजार रूपैयाँ सहयोग गरेको हो ।
सो रकम कांग्रेसको मधेस प्रदेश समितिका सभापति कृष्ण यादवले प्रदान गरेका हुन । रकम प्रदान गर्दै उनले सिमौनगढ गोलि काण्डको प्रतिवेदन छानविन समितिले एक दुई दिन भित्रमै बुझाउने जानकारी दिए ।
सो अवसरमा नेपाली काङ्ग्रेस मधेस प्रदेशका उप सभापति चन्द्रशेखर कुमार यादव , नेपाली काङ्ग्रेस मधेस प्रदेश सदस्य उपेन्द्र प्रसाद जैसवाल, शर्मिला थापा, नेपाली काङ्ग्रेस वारा क्षेत्र न १ का सभापति बिजयशंकर यादव, सिमौनगढ नगर कमिटी सभापति नागेन्द्र साह कानु, नेता राम नरेश कुशवाहा, दिन दयाल मुखिया बिन, अवदेश सहनी , लालबाबू कुशवाहा, मोहन कुशवहा लगाएत स्थानीयबासीहरूको बाक्लो सभागिता रहेको थियो ।
प्रतिक्रिया