जबरजस्ती करणी मुद्दामा २ बर्ष ६ महिना कैदको सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

सिरहा । सिराहामा जबरजस्ती करणी मुद्दामा २ बर्ष ६ महिना कैदको सजाय तोकिएका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् । जिल्लाको सिरहा नगरपालिका वडा नं. १६ बस्ने मोहम्द मुस्लिमको छोरा वर्ष ४५ को मोहम्द असिकुल मियालाई प्रहरीले पक्राउ गरेको हो ।

फरार मियालाई जबरजस्ती करणी उद्दोग मुद्दामा सिरहा जिल्ला अदालतले २०७४।११।२३ मा २ वर्ष ६ महिना कैदको सजाय फैसला सुनाएको थियो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले निज प्रतिवादीलाई खोजतलास गर्दै जादाँ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी मगलबार जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रतिक्रिया