२०४ बोरा अवैध प्याजसहितको ट्रक र चालक नियन्त्रणमा

सिरहा । सिरहामा २ सय ४ बोरा अवैध प्याज सहितको ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको धनगढीमाई नगरपालिका वडा नं.९ मुसहरनिया स्थित लोक मार्ग सडक खण्डमा लहानबाट काठमाण्डौतर्फ जादै गरेको प्र१-०२-००१ ख ९१६९ नं. को ट्रकमा लगिरहेको करीब ४ लाख ८ हजार मुल्य बराबरको २ सय ४ बोरा अबैध प्याज नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट प्र.ना.नि. शारदा शंकर साहको कमाण्डमा खटिएको टोलीले लहानबाट काठमाण्डौतर्फ जाँदै गरेको उक्त ट्रकबाट २०४ बोरा प्याज सहित ट्रक चालक उदयपुर कटारी नगरपालिका वडा नं. ५ का २६ बर्शिय राजेश कटुवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। नियन्त्रणमा लिएको ट्रक सहित प्याज र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया