वीरगञ्ज । लागुऔषधसहित एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित वीरगञ्ज महानगरपालिका– ८ पानीट्यांकी सडकखण्डमा विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बब्लुलाल कर्णलाई पक्राउ गरेको हो ।
प्रहरीले चेकजाँच गर्ने क्रममा रिक्सामा पहेँलो रङको जेब्रा झोलामा लुकाई छिपाई राखिएको लागुऔषध नुरफिन ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेल्याब ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका रिक्सा चालक र १५०० एम्पुल पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका– १ छप्कैया बस्ने वर्ष ५० का बब्लुलाल कर्णलाई लागुऔषविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया