चिसोबाट बच्न चोकचोकमा आगोको व्यवस्था

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चिसोबाट बच्न महानगरको चोकचोकमा आगोको व्यवस्था गरेको छ । वीरगञ्ज महानगरपालिकाको विभिन्न क्षेत्रअन्तर्गत माइस्थान चोक, घण्टाघर चोक, मुर्ली चोक, पावर हाउस चोक, मालपोत चोक, नारायणी अस्पताल, श्रीराम हल चोक, इदगाह चोक, नयाँ बसपार्क, पुरानो बसपार्क, ब्लडबंैक, बिर्ता बजार, गणेशमान चौक, ६ नं.गेट, अमरचोक, वीरगञ्ज हेल्थकेयर चोक, गण्डक चोक, राधेमाई चोक, डाराइपोट, सिडिओ अफिस अगाडि, घुसुकपुर चोक, नगवा चोक लगायतका ३३ ठाउँमा दाउरा बाली आगो ताप्ने व्यवस्था गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया