वीरगञ्ज । बिल विजकभन्दा बढी प्याज बोकेको मालवाहक पिकअप पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकस्थित सडकखण्डमा ना ४ च ८७१३ नम्बरको मालवाहक पिकअपलाई रोकेर जाँच गर्ने क्रममा बिल विजकभन्दा बढी प्याज लोड भएको तथा सो बिल विजक शंकास्पद देखिएको हुँदा रू १,४७,७५० (एक लाख ४७ हजार सात सय ५०) बराबरको पिकअपभित्र लोड भएको प्याज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त पिकअपभित्र लोड भएको प्याज थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया