सिरहा । मधेस प्रदेशका पूर्वराज्यमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका राजनीतिक समितिका सदस्य सुरेश मण्डलले सिरहाको भोक्रहामा रामजानकी मन्दिर तथा एक धर्मशालाको उद्घाटन गरेका छन् । सिरहाको कल्याणपुर नगरपालिका– ६ भोक्रहास्थित एक समारोहबीच पूर्वराज्यमन्त्री मण्डलले नवनिर्मित मन्दिर तथा धर्मशला उद्घाटन गरेका हुन् ।
जसपा कल्याणपुर वडा नम्बर ६ कमिटीका अध्यक्ष कुशेश्वर पन्जियारको अध्यक्षता तथा पूर्वसाविक गाबिस अध्यक्ष सिताराम महासेठको विशेष अतिथि र पूर्वराज्यमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका राजनितीक समितिका सदस्य मण्डलको प्रमुख आतिथ्यमा नव निर्मित (दुई तले) तल धर्मशालामाथि मन्दिरको उद्घाटन गरिएको छ ।
पूर्वराज्यमन्त्री मण्डलको संसदीय कोष तथा अथक प्रयासले करीब ५५ लाखको लागतमा दुई तले (तल धर्मशाला माथि मन्दिर) सुविधा सम्पन्न श्री रामजानकी मन्दिर तथा धर्मशाला निर्माण भएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराज्यमन्त्री मण्डलले आवश्यक सहयोगको प्रतिबद्धता जनाउँदै उद्घाटनको कार्यलाई सफल पार्न अहोरात्र खट्ने जसपा कल्याणपुर– ६ कमिटीका अध्यक्ष कुशेस्वर पन्जियारलगायत सम्पूर्ण भोक्राहा समाजलाई हार्दिक धन्यवाद आभार व्यक्त गरे ।
कार्यक्रममा कल्याणपुर नगरपालिका– ५ का वडाध्यक्ष कुल्दिप यादव, मिर्चैया नगरपालिकाका प्रतिनिधि रामदयाल यादव, जसपा मदेस प्रदेश सदस्य किशोरी यादव, मारुती पिरिकाष्ट उद्योग सञ्चालक कुशेस्वर महतोलगायत स्थानीय ५०० महिला पुरुषहरुको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रममा करीब दुई हजारको संख्यामा महिलाहरूले कलश यात्रा गरेका थिए ।
प्रतिक्रिया