वीरगञ्ज । ११ कठ्ठा खेतमा लगाइएको गाँजा पर्सा प्रहरीले फँडानी गरेको छ ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा ठोरी गाउँपालिका–३ स्थित रामनगर तथा बुद्धनगर, पटेर्वा सुगौली गाउँपालिका वडा नंम्बर ४, ५ स्थित देउरिया र डेकुलीमा ईलाका प्रहरी कार्यालय ठोरी ,ईलाका प्रहरी कार्यालय औडार र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको २० जनाको संयुक्त प्रहरी टोलीले अवैधरूपमा लगाइएको ११ कठ्ठामा ६ हजार गाँजाको बोट फडानी गरेको प्रहरीले जनाएको छ ।
साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया