वीरगञ्जमा स्वर्गीय राजा महेन्द्रको जयन्ती र अस्तिवोध दिवस मनाइयो

वीरगञ्ज । ‘राष्ट्र जोगाऔं र महेन्द्रबादलाई जर्गेणा गरौँ’ भन्ने नाराका साथ स्वर्गीय राजा महेन्द्र शाहको १०३औँ जयन्ती एवम् अस्तिवोध दिवस आज एक समारोहबीच वीरगञ्जमा मनाइएको छ । नेपाल राष्ट्रवाद संघ तथा नेपाल विद्वत परिषदद्वारा संयुक्तरुपमा राजा आउ देश बचाउ बिभिन्न नारा लगाउदै वीरगञ्जमा प्रदर्शन गरिएको थियो ।

नेपाल राष्ट्रवाद संघ तथा नेपाल विद्वत परिषद्ले संयुक्तरुपमा वीरगञ्जस्थित घण्टाघर चोकबाट निस्केको र्यालीमा‌ राजसंस्था कायम गर, हिन्दू राष्ट्र कायम गर, धर्मनिरपेक्ष खारिज गर भन्दै नाराबाजी गर्दै माइस्थान,अलखियामठ, आदर्शनगर, गिता मन्दिर हुँदै घण्टाघर चौकमा आइ कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहले भने, ‘यो देशमा राजाले बनाएको उद्योग लोकतन्त्र, गणतन्त्र सत्ताधारीहरुले कुनै पनि उद्योग सञ्चालन गर्न सकेन, सञ्चालन गरेको भए देशको युवाहरु खाडी मुलुकमा रोजगारी गर्न जाने थिएनन्, त्यही भएर यो देशमा राजसंस्थाको जरुरी छ, यो देशका जनताहरूले सुख र शान्तिको महसुस गरोस् ।’

त्यस्तै कोणसभा सम्बोधनकै क्रममा नेपाल विद्वत परिषद्का रामनारायण साहले भने, ‘यो लोकतन्त्र होइन, यो चाहीँ लुटतन्त्र हो, जुन पार्टीको सत्ता आओस् त्यो लुटतन्त्र नै मच्चाउने हो, अरु देशको इसारामा चल्ने हो‌, त्यही भएर हाम्रो देशमा राजतन्त्रको आवश्यकता रहेको छ ।’

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्रवाद संघ पर्साका जिल्ला अध्यक्ष संगिता देवी साह, देशभक्त सेवक समूहका दिपेन्द्र रौनियार, राष्ट्रवादी समूहका बिरेन्द्र थापा, नेपाल राष्ट्रवाद संघ पर्सा जिल्ला सचिव सन्तोष गुप्ता, नेपाल विद्वत परिषद्का प्रेम साह सरार्फ, अध्यान्नद साह, विश्व हिन्दू परिषद्का पृथ्वी झा, त्यसैगरी उमाशंकर साह, राजेन्द्रपाल साह, विष्णु कुमार दास, बिरेन्द्र साह, बजरंगी साह, चुलाइ मिया, असर्फी साह, राधाकृष्ण चौहान, राप्रपा नेपाल पर्साका जिल्ला सचिव पवन प्रसाद साह लगायतका व्यक्तिहरुले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया