रौतहटका एक विद्यार्थीले आर्कषक चित्र कोरेर चर्चामा

रौतहट । रौतहटका एक जना विद्यार्थीले आर्कषक चित्र कोरेर अहिले निकै चर्चामा छन् । सामाजिक सञ्जालमा अहिले ती विद्यार्थीले बनाएको एक हजारको नोटको चित्र भाइरल बनेको छ । कटहरिया नगरपालिका– २ हथियाही निवासी कुर्वान मियाँका छोरा खुर्सेद आलम जसले एक हजारको नोट चित्र हुबहु कोरेर चार्चामा छन् ।

जिल्लाको कटहरिया नगरपालिकास्थित रहेको श्री जनता नमूना माध्यामिक विद्यालयमा कक्षा १० मा आलम अध्ययनरक्त छन् । आलम पढाइसँगै चित्रकलामा आकर्षित छन् । उनले कुनै पनि चिजको हुबहु नक्कल गर्नमा माहिर छन् ।

‘आफूले बनाएको चित्र एकाएक सामाजिक सञ्जालमा चर्चा हुन थालेपछि हौसला मिलेको छ’, आलम भन्छन्, ‘भविष्यमा चित्रकलामार्फत देशलाई विश्वमा चिनाउने उनको सपना छ ।’ एक दिन लगाएर उनले सो चित्र कोरेका छन् । विद्यालयमा पढ्दा गुरुहरुबाट प्रेरित भएर उनले चित्र कोर्न सुरु गरेको सुनाउँछन् । उनको चित्र बनाउने कला देखेर उनलाइ पढाउने शिक्षकहरु धेरै माया र्गछन् ।

निम्न परिवारको पृष्ट भूमिका आलम भविष्यमा चित्रकलामार्फत आफ्नो पहिचाने बनाउनेमा आफूहरु ढुक्क रहेको उनलाई पढाउने शिक्षकहरु बताउँछन् । उनले भने, ‘पढाईसँगै चित्रकला पनि अगाडि बढाउने छु ।’आलमले चित्र कोर्ने सीप नसिके पनि चित्र बनाउन अब्बल बन्न थालेका छन् ।

फुर्सदमा चित्र कोर्ने आदत नै बसेको उनी बताउँछन्। भविष्यमा चित्रकलानै पेशा बनाउने रहर रहेको सुनाउँछन् । चित्रकलाको सीप सिकेर राम्रो चित्रकार बन्ने लक्ष्य आलमको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया