बोदे बर्साईनमा ज्येष्ठ नागरिकहरुलाई सम्मान

बोदे बर्साईन । सप्तरी जिल्लाको बोदे बर्साईन नगरपालिकामा ज्येष्ठ नागरिक दिवसको अवसरमा बोदे बर्साईनमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा बोद बर्साईनको आयोजनामा एक कार्यक्रम गरी बोदे बर्साईन नगरपालिकाभित्रका ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । लगभग ८० जनाभन्दा बढीलाई विभिन्न बस्त्रहरु तथा दोसल्ला ओढाइ सम्मान गर्दै कम्बल समेत प्रदान गरिएको थियो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा बोद बर्साईन कार्यालयको आर्थिक सहयोगमा बोदे बर्साईन नगरपालिकाका विभिन्न वडाबाट आएका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख कल्पना चपागाईले बताइन् । उनले वर्षेनी नगरभरीका ज्येष्ठ नागरिकहरुलाई दिवसका दिन सम्मान गर्ने गरिएको बताइन् । थोरै र सानै मात्रामा भए पनि ज्येष्ठ नागरिक सम्मान गर्ने परम्परा सकरात्मक रहेको चौलागाईंले बताइन् ।

कार्यक्रममा सहभागी भएका ज्येष्ठ नागरिकहरुले राज्यले आफूहरुप्रति न्यायपूर्ण व्यवहार नगरेको बताए । आफूहरु जीवनका अनुभव नयाँ पुस्तालाइ बाँड्न तयार भए पनि अहिलेको पुस्ताले आफूहरुको अनुभव लिन सक्रियता नदेखाएको कार्यवाहक नगरप्रमुख रेणु कुमारी साहले बताइन् ।

त्यस्तै कार्यवाहक नगरप्रमुख साहले ज्येष्ठ नागरिकहरुको लागि नेपाल सरकार र स्थानीय सरकारले हरेक तहबाट सहयोग गरिरहेको बताए । अब आउने दिनमा ज्येष्ठ नागरिकहरुको लागि थप नयाँ योजना ल्याई सहयोग र सम्मान गर्न आफू प्रतिबद्ध रहेको प्रतिवद्धता समेत उनले व्यक्त गरेका थिए । उक्त कार्यक्रममा ‘ज्येष्ठ नागरिकहरुको सम्मान गरौ, राष्ट्रिय गौरव बढाऔँ’ भन्ने मुलनाराका साथ सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले ज्येष्ठ नागरिकलाई सम्मान गरियो भने धार्मिक संस्कार उत्पादन हुनुको साथै धार्मिक संस्कारको जर्गेना हुने बताए । पूर्वमन्त्री यादवले ज्येष्ठ नागरिकहरु देशको अभिभावक रहेकाले हरेक क्षेत्रबाट सम्मान गरिनुपर्ने बताए । ज्येष्ठ नागरिकहरुको लागि नेपाल सरकारले हरेक तरहबाट सहयोग गरिरहेको उनले बताए ।मा ज्येष्ठ नागरिकहरुको लागि थप नया योजना ल्याई सहयोग र सम्मान गर्ने आफु प्रतिबद्ध रहेको बताउनु भयो ।

प्रतिक्रिया