रौतहटमा वेवारीसे अवस्थामा पुरुषको शव फेला

मधेस । मधेस प्रदेशको रौतहटमा वेवारीसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्वर ६ पेटभर्वामा अन्दाजी करिव ५०र५२ वर्षीय एक पुरुषको शव फेला परेको हो ।

पेटभर्वास्थित पेटभर्वा–मलाही भित्री सडक खण्डमा शव फेला परेको प्रहरीले जनाएको छ । उक्त शवको पहिचान नखुलेको ईलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सन्तपुर दो. को वडा एरियामा नाम थर वतन नखुलेको शव फेला परेको हो । प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

मृत पुरुष व्यक्ति, अनुहार गहुँ गोरो तल खुट्टमा कालो कलरको जिन्स र माथि शरिरमा कालो कलरको ज्याकेट, कालो कपाल, खाली खुट्टा, रातो कलरको गम्छा भएको मानिस वेवारीसे मृत अवस्थामा फेला परेको प्रहरीको विवरणमा उल्लेख रहेको छ । मृत भेटिएका व्यक्तिको हुलिया पहिचान गर्न सक्नेलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया