सप्तरी । श्री राम जानकी सामुदायिक भवन समुद्घाटन तथा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम समपन्न भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका– १ मल्हनियास्थित बौद्धीक समाज तथा समाजिक जागरण मञ्च नेपाल परिवार सप्तरीको आयोजना र श्री बलान बिहुल गाउँपालिका पञ्जीकरण शाखा सप्तरीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी समिति सदस्य, मधेस प्रदेश इन्चार्ज तथा राष्ट्रियसभा सदस्य मा. मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको उद्घाटन गरिएको छ ।
भवन उद्घाटन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा विशिष्ट अतिथि मधेस प्रदेशसभा सदस्य मा. अनिरुद्ध प्रसाद सिंह यादव, पूर्वमंत्री तथा संविधानसभा सदस्य राज लाल यादव, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादव, उपाध्यक्ष रेणु कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत मुसहरु साह, समाजसेवी, बुद्धिजीवी विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र राजनीतिककर्मीलगायत सयौँ संख्यामा स्थानीयको उपस्थिति रहेको थियो ।
बौद्धीक समाज तथा समाजिक जागरण मञ्च नेपाल परिवार सप्तरीका अध्यक्ष गंगाराम यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
बलान बिहुल गाउँपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै चिसोमा तातो पानी पिउन र विभिन्न रोगबाट बच्न थर्मस उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री यादवले गाउँपालिकाका समग्र विकासमा ध्यान दिँदै नगरका भौतिक पूर्वाधार निर्माण विकासमा विशेष भूमिका खेलेको र नगर तथा विकासका काममा वडाका जनप्रतिनिधिहरुले चलाखीपूर्ण ढंगले काममा ध्यान दिनसमेत उनले आग्रह गरेका थिए ।
वडा नम्बर १ ले बिगतमा पनि यस किसिमका कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि थप प्रभावकारी कार्यक्रम गर्ने वडाको योजना रहेको गाउँपालिका अध्यक्ष यादवले जनाए ।
सप्तरी
प्रतिक्रिया