सर्लाहीमा हतियार देखाएर सहकारीको रकम लुटपाट

सर्लाही । सर्लाहीको हरिपुर्वामा बिहिवार बिहानै सहकारीको रकम लुटपाट भएको छ । हरिपुर्वा नगरपालिका– ५ मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले बोकेको रकम लुटपाट भएको सहकारी संस्थाले जनाएको छ ।

ना १५ प ९८९२ नम्बरको मोटरसाईकलमा सहकारीको बसतपुर शाखाका प्रमुख रामनाथ राय र कर्मचारी निरा रायले नजिकैको एनआईसी एसिया बैंकबाट पैसा झिकेर कार्यलय जादै गर्दा बाटैमा लुटपाट भएको संस्थाका अध्यक्ष गणेश कुमार यादवले जनाकारी दिए ।

हरिपुर्वा नगरपालिका–६, हनुमान चोक नजिकैबाट अज्ञात समूहले बाटो घेरी हतियार देखाएर लुटपाट गरेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । कर्मचारीहरुले प्रतिकार गर्न खोज्दा अज्ञात समूहले एक राउण्ड हवाई फायर समेत गरेको प्रत्यक्षदर्शीको भनाई छ । नम्बर नखुलेको मोटरसाईकलमा सवार २ जना लुटेरा समुह हबाइ फायर गर्दै फरार भएका स्थानीयको भनाई छ ।

सूचना प्राप्त भए लगतै घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । हतियारधारी समूह लुटपाट पछि हर्दी खोला तर्फ भागेको प्रत्यक्षदर्शीले जानकारी दिए । घटनास्थल प्रहरी चौकी हरिपुर्वाबाट ४ सय मिटरको दुरीमा रहेको छ ।

प्रतिक्रिया