राष्ट्रिय कबड्डीमा प्रहरी र सुपको विजयी सुरुआत

 

Police-club-and-Madhyamanchकाठमाडौं : १३औँ महिला तथा १९औँ पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको महिलामा साविक विजेता नेपाल प्रहरी र सुदूरपश्चिमाञ्चलले बुधबार विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा प्रहरीले मध्यमाञ्चललाई ६०–७ तथा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ३१–२३ अंकले हराए । अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा साविक विजेता मध्यमाञ्चलले पश्चिमाञ्चललाई हरायो । प्रतियोगिताको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले एक कार्यक्रमबीच उद्घाटन गरे । (सौस)

प्रतिक्रिया