राजबिराज । पिएम कप महिला राष्ट्रिय क्रिकेट छनाेट प्रतियाेगिता अन्तर्गत जिल्ला स्तरीय छनाेट प्रतियाेगिता तथा त्रिकाेणात्मक सिरिजमा राजबिराज महिला क्रिकेट टिम विजयी भएको छ । राजबिराज स्थित पवि माविको खेलमैदानमा सोमबार सम्पन्न उद्घाटन खेलमा खडक कुईनसलाई ८३ रनले पराजित गर्दै राजविराजले पहिलाे जित हात पारेकाे हाे ।
सप्तरी क्रिकेट संघ र सबल नेपालद्वारा संयुक्त आयोजित खेलमा राजबिराज च्यामले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ बिकेटकाे क्षतिमा १ सय ६० रनकाे याेगफल खडा गरेका थिए । जसमा साक्षी यादबले उत्कृष्ट ब्याटिङ गर्दै ११ चाैकाकाे मदतले ५९ रन अविजित खेलेका थिईन् भने निसम चाैधरीले ३१ रन जोडिन् ।
यता बलिंङतर्फ खडक कुईनसका आरती रामले २ बिकेट लिइन् । प्रतियोगितामा खडक कुईनले २० ओभरमा सबै बिकेट गुमाई ७७ रन मात्र बनाउन सके ।जसमा अन्जिली चाैधरीले १२ रन बाहेक कुनै पनि खेलाडी दाेहाेराे अंक पार गर्न सकेनन् ।
ब्याटिङतर्फ राजबिराजका दिपा रामले उत्कृष्ट ब्याटिङ गर्दै ४ ओभर दुई मेडन ५ रन दिएर ४ बिकेट, साक्षी यादव, सितल चाैधरी, आकृती मण्डलले बराबरी १/१ विकेट हात पारिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका राजबिराज च्यामका साक्षीले प्लेयर अफ दि म्याच घाेषित भएकाे सप्तरी क्रिकेट संघले जनाएकाे छ ।
उक्त प्रतियाेगिताकाे एक कार्यक्रमबीच राजबिराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले ब्याटिङ र नगरपालिकाका प्रवक्ता तथा वडा ८ का अध्यक्ष जयनारायण मण्डलले ब्याटिङ तथा वडा ६ का अध्यक्ष शशी चाैधरीले किपिङ गर्दै खेलकाे उद्घाटन गरेका थिए ।
यस प्रतियाेगितावाट पुस १ देखि काठमाडाैंमा हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियाेगितामा छनाेटका लागि मंसिर २४ देखि प्रादेशिक महिला क्रिकेट टिममा सहभागिताका लागि सप्तरी जिल्ला महिला क्रिकेट टिम छनाेट गर्ने उदेश्यले प्रतियाेगिताकाे आयाेजना गरिएकाे सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए । मंगलबारको खेल खडक कुईनस र सुरुङ्गा नगरपालिकाबीच बिहान १० बजेदेखि हुने सबल नेपालका कार्यक्रम संयाेजक राेशन मण्डलले जानकारी दिएका छन् ।
प्रतिक्रिया