पर्सा । तिहार तथा छठ पर्वको अवसरमा आजदेखि पर्साको धोबिनी गाउँपालिकाको वडा नं ३ गुलरिया खेलमैदानमा अध्यक्ष टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उद्घाटन गरिएको छ । अध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिताको धोबिनी गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले उद्घाटन गरेका हुन् । सामुहिक युवा टीम गुलरियाद्वारा आयोजना गरिएको प्रतियोगिताको उदघाटन गर्दै चौहानले खेलबाट मस्तिक र शारीरिक विकास हुने बताए । उनले भने, ‘खेलले गर्दा रोगहरु लागदैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ प्रतियोगताको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।
अध्यक्ष टि-२० क्रिकेट टुनामेन्ट प्रतियोगिताको पहिलो खेलमा धोबिनी गाउँपालिकाको वडा ४ लंगडी र ५ धोबिनीबीच भएको खेलमा धोबिनी टिमले पहिलो टस जितेर गरेको ब्याटिङमा १५ ओभर खेलि अल विकेट गुमाउदै ७४ रन बनाएको थियो भने, लंगडी टीमले १० ओभरमा २ विकेट गुमाउदै ७५ रन बनाएर जित हासिल गरेकाे छ । आजको खेलमा लंगडीले १ रनबाट जित हासिल गरेकाे छ । लंगडी टीमका खेलाडी प्रदिप गुप्ता खेलको म्यान अफ दि म्याच घोषित भए ।
पर्सा
प्रतिक्रिया