काठमाडौं, २१ माघ । नवौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता तथा पाँचौँ एपिएफ खुला लनटेनिस प्रतियोगिताअन्तर्गत शनिबार भएको ब्याडमिन्टन पुरुष एकलको खेलमा भोजपुरका विकास श्रेष्ठले एपिएफका इन्द्र महतालाई २१–१४ र २१–११ ले पराजित गरे । विकास सेमिफाइनलमा प्रवेश गरे । यसैगरी, एपिएफका दीपेश धामीले एनपिसीका विष्णु कटवाललाई २१–१५ र २१–२० ले, एनपिसीका साजनकृष्ण ताम्राकारले एपिएफका पंकज चन्दलाई २१–१९ र २१–१२ ले तथा एपिएफका रत्नजित तामाङले एपिएफकै विशाल प्रधानलाई २१–१७ र २१–१८ ले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरे ।
पुरुष युगलको खेलमा एपिएफका विशाल प्रधान र रत्नजित तामाङ, ललितपुरका आकाश छन्त्याल र राजु वज्राचार्य, ललितपुरकै विमल श्रेष्ठ र सुरज महर्जन तथा एपिएफका इन्द्र महता र पंकज चन्दको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ । यसैगरी, महिला एकलमा एपिएफका नङसलादेवी तामाङ, नेपाल आर्मी क्लबका सरादेवी तामाङ, एपिएफकी शिक्षा श्रेष्ठ र एपिएफकै सविना पन्थी सेमिफाइनल प्रवेश गरे । महिला युगलतर्फको खेलमा एपिएफका सुजना श्रेष्ठ र विना तुलाचन, एपिएफका सविना पन्थी र सम्झना खालिङ, एपिएफकै पुजा श्रेष्ठ र नङसलादेवी तामाङ र नेपाल क्लबका सरादेवी तामाङ र श्रेया प्रधानको जोडी सेमिफाइनलमा प्रवेश गर्यो । यु–१७ पुरुष एकलमा एपिएफका दीपेश धामी, सुनसरीका सवन श्रेष्ठ, एपिएफका सुमन लिम्बू र सुनसरीका सन्तोष खड्का सेमिफाइनलमा प्रवेश गरे ।
यु–१७ महिला एकलमा कञ्चनपुरका मेघा चन्द, नेपाल आर्मीका श्रेया प्रधान, भोजपुरका हेमख्यामा राई र एपिएफका शिक्षा श्रेष्ठ सेमी फाइनलमा प्रवेश गरे । मिक्स डबल्समा एपिएफका रत्नजित तामाङ र नङसलादेवी तामाङ, ललितपुरका कविता कार्की र विमल श्रेष्ठ, एनपिसीका विना तुलाचन र गणेश चन्द तथा एपिएफका पूजा श्रेष्ठ र इन्द्र महताको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ ।
लनटेनिसको इन्टर सर्भिसमा राई र कुँवरको जोडीलाई उपाधि
टेनिसको शनिबार सम्पन्न इन्टर गभर्मेन्टल सर्भिस इभेन्ट्सको पुरुष युगलतर्फको फाइनल खेलमा विजयी भई एपिएफका दुर्जकुमार राई र दुर्गाबहादुर कुँवरको जोडीले उपाधि हात पारेको छ । राई र कुँवरको जोडीले त्रिभुवन आर्मी क्लबका प्रदीप शाह र अमूल्य सिंहको जोडीलाई ६–३ र ६–४ ले पराजित गरेको हो । पुरुष एकलको खेलमा काठमाडौंका कुमार अधिकारीले एनपिसीका कमल भण्डारीलाई ६–३ र ६–० ले तथा ललितपुरका जितेन्द्र परियारले ललितपुरकै मिलन रोकायलाई ६–३ र ६–० पारजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
पुरुष युगलतर्फको खेलमा कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीलाई ६–१ र ६–२ ल तथा कमल भण्डारी र मिलन रोकायको जोडीले हरि राई र श्रीराम कार्कीको जोडीलाई ६–२ र ६–२ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् । महिला एकलतर्फको खेलमा मालिका राणाले ललितपुरकै माहिका राणालाई ६–४ र ६–३ ले तथा पोखराका गंगा शर्माले ललितपुरका विभूति कार्कीलाई ६–४, १–६ र ६–३ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
मिक्स डबल्सतर्फको खेलमा ललितपुरका राजेश क्षेत्री र मायंका राणाको जोडीले ललितपुरकै राजु क्षेत्री र माहिका राणाको जोडीलाई ६–४ र ६–४ ले तथा ललितपुरकै श्रीराम मगर र मालिका राणाको जोडीले पोखराका शक्ति शर्मा र गंगा शर्माको जोडीलाई ६–३ र ६–१ ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
प्रतिक्रिया