प्युठान । प्युठान नगरपालिकाको शिक्षा शाखामा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तालाबन्दी गरेको छ । नगरपालिकाको शिक्ष युवा तथा खेलकुद शाखामा काजमा रहेका शिक्षकहरुलाई सम्बन्धित विद्यालयमा फिर्ता गराउन गरेको ध्यानाकर्षणमा नगरपालिकाले बेवास्ता गरेको भन्दै नेपाल विद्यार्थी संघले बुधबार शिक्षा शाखामा तालाबन्दी गरेको हो ।
नेपाल विद्यार्थी संघले यसअघि असोज ७ गते नगरपालिकामा रहेका शिक्षकलाई सम्बन्धित विद्यालयमा पठाउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको नेविसंघले जनाएको छ । संघका अध्यक्ष कल्याण विक्रम केसीले भने, ‘हामीले पटक–पटक नगरपालिकालाई आग्रह गर्यौँ ।’
सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको बताए । ‘नेविसंघले लगाएको तालाबन्दीको कारण जनतामा पर्न गएको असुविधाप्रति क्षेमा चाहान्छौँ’, अध्यक्ष केसीले भने । आफूले राखेको माग पुरा नभएसम्म नगरपालिकाको शिक्ष युवा तथा खेलकुद शाखामा लगाइएको ताला नखोलिने अध्यक्ष केसीको भनाइ छ ।
नेपाल सरकारले २०८० जेठ ३१ गतेदेखि लागू हुने गरी स्थानीय तहमा विद्यालयबाट काजमा झिकाएर शिक्षकलाई स्थानीय तहको काममा लगाउन नपाइने र विद्यालयमै फर्काउन परिपत्र गरेको थियो । तर प्यूठान नगरपालिकामा उक्त परिपत्रको बेवास्था गरिएको भन्दै उक्त कार्यमा नेविसघंको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया