सञ्जय दौडेर सगरमाथा चढ्ने

काठमाडौ : २२ सय किलोमिटरभन्दा बढी दौडेका कीर्तिमानी अल्ट्रा धावक प्युठाननिवासी सञ्जय पण्डितले प्यूठानको स्वर्गद्वारीबाट दौड सुरु गरेर सगरमाथाको चुचुरोमा पुग्ने घोषणा गरेका छन् ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा धावक पण्डितले आगामी चैत्र २१ बाट आफ्नो स्वर्गद्वारीबाट सगरमाथाको चुचुरोसम्मको चुनौतिपूर्ण यात्रा सुरु गर्ने जानकारी दिए । कान्तिपुर इन्टरनेसनल कलेज र सञ्जय पण्डित फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा पण्डितले आफ्नो पछिल्लो अभियानबाट मुलुकलाई नयारू रूपले विश्व समुदायमा परिचित बनाउने प्रयास गर्ने बताए ।
यसअघि मनास्लु हिमालको सफल आरोहण र सगरमाथाको असफल आरोहण गरिसकेका पण्डितको यो अभियानलाई ‘स्वर्गद्वारी सगरमाथा शान्ति आरोहण एवं हिमाल दौड २०७०’ नाम दिइएको छ । कार्यक्रममा धावकलाई शुभकामना दिँदै कांग्रेसका नेता डा. रामशरण महत, एमालेका नेता एवं पूर्व सभासद् वीरबहादुर सिंह, क्रान्तिकारी कम्यूनिस्ट पार्टीका महासचिव मणि थापा, कीर्तिमानधारी वरिष्ठ धावक वैकुण्ठ मानन्धर, रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला र राप्ती समाजका अध्यक्ष एकराज शर्माले मन्तव्य व्यक्त गरेका थिए । (सौस)

प्रतिक्रिया