लहान । सप्तरी प्रहरीले ठगी गरेको आरोपमा बोदेवसाईन नगरपालिका-३ का ४० वर्षिय मनिकलाल यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले यादवलाई राजविराजबाट पक्राउ गरेको हो ।
अनुचित लेनदेन तथा ठगी सम्बन्धी कसुर मुद्दामा फरार रहेका मनिकलाल यादवको नाममा सिरहा जिल्ला अदालतबाट मिति २०८० असाेज ०१ गतेको पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाको जिम्मा लगाउने सप्तरी प्रहरीले जानकारी दिएकाे छ ।
मनिकलाल यादव सप्तरी, सिरहा र प्रदेश १ मा घरजग्गा राजीनामा पास गराउने, खाली चेक, किर्ते कपाली तमसुक बनाएर धाकधम्की दिँदै अकुत ब्याज असुल्ने र अकुत सम्पत्ति आर्जनमा वर्षौँदेखि सक्रिय रहेको खुलेको छ ।
प्रतिक्रिया