उमेरले ६२ वर्षीय आमा कमला बानियाँको चित्कार अन्ततः भगवानले सुने–देखे र त्यो पीडामा केही युवाका मनहरुले राहत र उद्धार गरेका छन् । आमा कमलाले चार दशकदेखि आफ्नो जेठो छोरो रंगलालको स्याहारसुसार र उपचारमा लागेकी कमला केही समयदेखि आफैँ पनि बिरामी समेत भएकी थिइन् ।
काभ्रे । ०८० असार २१ गते यस सौर्य राष्ट्रिय दैनिकको प्रथम पृष्ठमा ‘कमलाका आँखाबाट रोकिन्न आँसुको ‘इन्द्रावती’ दाम्लोमा बाँधिएका मामा भान्जाको व्यथा’ शिर्षकमा प्रकाशित समाचारमा उल्लेखित पीडित दुई पात्रहरु रंगलाल बानियाँ (भाञ्जा) र भिमसेन थापा (मामा) को उद्धार भएको छ । बनेपा–५ स्थित सिमलडाँडामा रहेका उनीहरुको अवस्थाबारे हामीले रिपार्ट प्रकाशन सौर्य दैनिकमा प्रकाशित भएको थियो ।
रिपोर्टमा केही मानसिक रोगी समेत रहेका रंगलाललाई आमा कमलाले हेरचाह गर्न सकस भैरहेको, आफू काममा निस्कनु पर्दा गाई बाँध्ने दाम्लोमा बाँधेर जान विवश रहेको, रंगलालका मामा भिमसेन थापा पनि केही रोगले ग्रस्त भई खुट्टाका औँला समेत झरिसकेको, भूकम्प पछि बन्नुपर्ने घर विविध कारणले बन्न नसकेको, पारिवारिक आर्थिक अवस्था कमजोर रहेको, आर्थिक साहाराको गाई पनि लम्पी स्किन रोगले मरेको र मामा भिमसेनको ४० कट्दा समेत नागरिकता नबनेको लगायतको रिपोर्ट प्रकाशित भएको थियो । उनै मामा भाञ्जाको दर्दनाक व्यथामा केही राहत र उद्धार गरिएको छ । धुलिखेल नगरपालिकाको सहयोगमा धुलिखेल १२ नम्बर वडामा सञ्चालनमा रहेको मानव कल्याण समाज सेवाघर काभ्रेपलाञ्चोक शाखामा उनीहरुको कानुनी रुपमा प्रकृया पुरा गरि स्वास्थ्य अवस्था समेत चेकजाँच गरि उद्धार गरेर राखिएको छ ।
उमेरले ६२ वर्षीय आमा कमला बानियाँको चित्कार अन्ततः भगवानले सुने–देखे र त्यो पीडामा केही युवाका मनहरुले राहत र उद्धार गरेका छन् । आमा कमलाले चार दशकदेखि आफ्नो जेठो छोरो रंगलालको स्याहारसुसार र उपचारमा लागेकी कमला केही समयदेखि आफैँ पनि बिरामी समेत भएकी थिइन् ।
समाचारहरु प्रकाशन प्रसारण भएपछि बिदुर दाहालको सक्रियतामा, ७ दिन अगाडि २८हजार २०३ रकम सङ्कलन गरि राहत रकम र सामानहरु उपलब्ध गराइएको छ । उनकै पहल र सक्रियतामा परिवार लाइ अत्यावश्यक परेको सामानहरु खरिद गरि घरमा पुर्याइदिएका छन् । वडाले पनि भिमसेन थापाको नागरिकता नभएको कारण राज्य बाट पाउने सेवा सुबिधा बाट बन्चित हुनुपरेको कुरालाई गम्भीर भएर सर्जिमिन मुचुल्का तयार गरेको वडाअध्यक्ष बलराम अधिकारीले बताए ।
युवाहरु वाशुदेव आधिकरी भिम बञ्जरा, रिकेश कायस्थ, आनुप कुमार श्रेस्ठको पहलमा रंगलाल र भिमसेनलाई बिहिबार नै मानव समाज कल्याणमा उद्धार गरि लगिएको छ । उनीहरुले मानव कल्याणलाई केही औषधी र केही रकम निरन्तर सहयोग गर्ने समेत बताएका छन् । थोरै थोरै आर्थिक सहयोग जुटाई जम्मा भएको रकममा चिरन्जीवी तिमल्सिनाले १ हजार, राजकुमार तोलाङ्गे, ६सय,सुदिप दुलाल ५ सय, सुरज मकै श्रेस्ठ १ हजार,तारा बहादुर कुवर १हजार १ सय, जि एन सापकोटा १ हजार ५ सय,नुपक तिमल्सिना ५ सय ५,बासुदेव अधिकारि १ हजार, भिम बन्जारा १ हजार, बिदुर दाहाल २ हजार, रिकेश कायस्थ १ हजार,मनोज दुलाल ५ सय ५,अनुप कुमार श्रेस्ठ १ हजार, प्रिया श्रेस्ठ १ हजार, श्री मानन्धर १ हजार, असोक पान्डे १ हजार, राजेश कुमार साहि १ हजार, यम श्रेस्ठ १हजार १ सय, सङ्गिता मानन्धर ५ सय,पारु थापा १ हजार, नबिना बैध १ हजार, प्रबिन कुमार ढकाल १ हजार, मनिशा श्रेस्ठ ५ सय, लक्ष्मण बजगाइ ५ सय, साजन थापा ५सय ५,गोबिन्द थापा ५ सय ५५, लब बिस्ट १ हजार १ सय ११, गङ्गा लुइटेल ५ सय, र २ हजार २ सय २२ गरि २८हजार २०३ रकम उठाई सहयोग गरिएको छ ।
प्रतिक्रिया