पर्सा । पर्साको कालिकामाई गाँउपालिकाको ९औँ गाउँसभाको बजेट प्रसतुतीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८०–८१ को लागि ३२ करोड ७४ लाख ९८ हजार २ सय रुपैयाँको अनुमानित बजेट प्रसतुतीकरण भएको छ ।
सो बजेट गाउँपालिकाकी उपाध्यक्ष राजमती देवी बरैनको निर्देशनमा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत नमोनाथ यादवले प्रसतुतीकरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले पालिकाले कृषि, शिक्षा, स्वास्थ्य, सिँचाई, पर्यटन र भौतिक पूर्वाधारलगायत उज्यालो कालिकामाई गाउँपालिका बनाउन मुख्य प्राथमिकतामा राखेको बताए ।
सबै क्षेत्र विकासमुखी बनाउनका लागि आफू प्रतिबद्ध रहेको भन्दै अध्यक्ष गुप्ताले आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताए ।
पर्सा
प्रतिक्रिया