काभ्रे । काभ्रे जिल्लाको धुलिखेल सदरमुकामबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस भक्तपुरको साँगामा भिरबाट खसेको छ ।
बा ३ख ९३९६ नम्बरको बस साँगा नजिकै झोलुंगे पुलमुनि खोल्सामा दुर्घटना भएको प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्।
घाइतेमध्ये चार जनालाई मध्यपुर अस्पताल र तीन जनालाई युवामुरा अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया