बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले जनयुद्धका क्रममा सहिद भएका पालिका भित्रका १० जना सहिद परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरेको छ ।
एक कार्यक्रमका विच जयपृथ्वी नगरपालिकाको सभाहलमा आर्थिक वर्ष ८९–८० को वार्षिक नीति तथा कार्यक्रम अनुसार पालिका भित्रका जनयुद्ध तथा जनआन्दोलनका क्रममा सहिद भएका १० जनाका आफन्तहरुलाई ३५ हजार रुपैयाँ आर्थिक सहयोगसहित सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपलिकाका उपमेयर तथा नेकपा माओवादी केन्द्र बझाङ जिल्ला सचिव तथा युवा नेता रतनबहादुर सिंह (सुरज) ले १० वर्षे जनयुद्ध तथा जनआन्दोलनको बलमा निरंकुस सासनको अन्य गर्न सफल भएको र अहिले भएको यो उपलब्धिहरुलाई समाप्त पार्ने षडयन्त्र भइरहेको हुँदा सबैले सचेत भइ यो व्यावस्थालाई आफ्नै ठानी फेरि गरीव, निमुखा, दलित, जनजातिहरुको अधिकारलाई आ–आफ्नो ठाँउबाट पहल चाल्नुपर्ने बताए ।
कार्यक्रममा उपमेयर सिंहले भन्नुभयो जनयुद्ध र आन्दोलनका क्रममा सहिद तथा घाइते परिवारलाई अबको दिनमा नगरपालिकाले जिविकोपार्जनका लागि आर्थिक सहयोगका साथै विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्ने बताए ।
बझाङ
प्रतिक्रिया