गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आज सुदूरपश्चिम बन्द

धनगढी । कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आइतबार (आज) सुदूरपश्चिम बन्द गरिएको छ । शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति सुदूरपश्चिमले बन्द गरेको हो ।

संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले नेपाल सरकार २०७९ माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको भएपनि नेपाल सरकारको आव २०८०/८१ बजेटमा सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि आन्दोलन गर्नु परेको बताए ।

उनले भने सरकारको नीति कार्यक्रममा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको कुरा समेटे पनि बजेट आउँदा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर १०० शय्याको अस्पताल चलाउने निर्णय गर्यो यसको विरुद्धमा हामी आन्दोलनमा छौँ ।

सरकारले माघ २९ गतेको निर्णय कार्यान्वयन गरेर यसै आवको वजेटमा वजेट विनियोजन गरेर र विश्वविद्यालय बनायर हस्पिटल सञ्चालन गर्नु पर्ने आफूहरुको माग रहेको उनले बताए । साउदका अनुसार यातायात, बजार, उद्योग कलकारखाना, विद्यालय पूर्ण रूपमा बन्द गरिएको छ । अति आवश्यक सवारी साधनमा भने रोक नलगाइने उनले बताए ।

प्रतिक्रिया