रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैचा ईलाकाबाट सशस्त्र प्रहरीले २२ लाख ३० हजार ५९० रुपैयाँको चोरीपैठारीको इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आईटम्स्, मोटरपार्ट्स र लत्ताकपडा बरामद गरेको छ ।
बुधबार राति भारतबाट अवैध रुपमा ल्याउँदै गरेको उल्लेखित सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण शर्माको कमाण्डको टोलीले बरामद गरेको हो ।
सामान ल्याउने व्यक्तिहरु गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त सामानहरु छाडेर भागेका थिए । बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया