अर्घा–भगवती विमानस्थलको काम तीव्र गतिमा अगाडि बढ्छ : राज्यमन्त्री ठकुरी

अर्घाखाँची । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले अर्घा–भगवती बिमानस्थल निर्माणको कामले तीव्रता पाउने बताएकी छन् । जिल्ला समन्वय समिति अर्घाखाँचीले आयोजनामा सन्धिखर्कमा आयोजना गरेको अन्तक्रिया तथा समन्वय बैठकलाई सम्बोधन गर्दै मन्त्री ठुकुरीले यस्तो बताएकी हुन्। उनले भनिन् , ‘सम्पन्न गर्न आवश्यक पर्ने केही बजेट सुनिश्चित भैसकेको हुँदा बिमानस्थालको काम गतिका साथ अगाडी बढ्ने छ ।’

मन्त्री ठुकुरीले अर्घाखाँची जिल्लाको पर्यटन प्रबर्द्धन तथा विकासका लागी विभिन्न योजनाहरु बढाउन लागेको भन्दै बिकास र समृद्धिको सबालमा जिल्लाका सबै सरोकारवाला एक हुनु पर्ने बताईन ।

मन्त्री ठकुरीले जिल्लालाई धार्मिक तथा पर्यटकीय करिडोरको रुपमा बिकास गरि पर्यटन क्षेत्रबाट स्वरोजगार तथा आर्थिक विकासको योजना अगाडि बढाउने बताइन् । उनले भनिन्, ‘तीन तहका सरकारको समन्वय तथा सहकार्यबाट नै विकासको कामलाई गति दिनु सकिन्छ ।’

बैठकमा जिल्लाका सबै कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुतिकरण, रोयल्टी लगायतका विभिन्न विषयमा छ्लफल गर्ने र विकास निर्माणको एकीकृत योजना बनाउने गरि अगाडि बढ्न लागेको समन्वय प्रमुख जिबनारायण कोईरालाले बताए ।

बैठक बिनोद कुवरले सहजीकरण गरेका थिए । उक्त बैठकमा लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्य, रामजि प्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी मिना अर्याल तथा अर्घाखाँची जिल्लाका सबै स्थानीय तहका प्रमुख उपप्रमुखहरु, विभिन्न कार्यालयका प्रमुख, राजनीति दलका प्रमुख तथा प्रतिनिधि र कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया