कालिकोट । दलित बालवालिकालाई शिक्षामा पहुँच पुर्याउनका लागि सरोकारवालाहरुले प्रतिवद्धता गरेका छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्र्तगत योजना छनौट प्रक्रीयामा दलित बालवालिकालाई शिक्षामा पहुँच पुगाउन सरोकारवाला प्रतिवद्ध भएका हुन् ।
दलित विद्यार्थीहरुको लागी छात्रवृत्ति तथा दलित अभिभावकहरुको क्षमता विकासका लागी बजेट विनियोजन गर्न पहल गर्ने विषयमा शिक्षासंग सरोकार राख्ने सम्पुर्ण ब्यक्ति तथा निकायहरुको सहभागीतामा भएको कार्यक्रममा यस्तो प्रतिवद्धता जनाएका हुन । जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाहीको प्रमुख आतित्थ्यता तथा खाँडाचक्र नगरपालीकाका उप प्रमुख गणेश शाहीको विशेष आतित्थ्यतामा कार्यक्रम भएको हो ।
स्थानीय सरकार तथा शैक्षिक सरोकारवालाहरु बिच समन्वयात्मक अन्तर्रक्रीया कार्यक्रममा उपस्थित सरोकारवालाहरुले शिक्षामा पहुँच पुगाउनका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताएका छन् ।
दलित वालवालीकाहरुको शैक्षिक अवस्था सुधारको लागी छात्रवृत्ति अर्थात शैक्षिक राहत कार्यक्रम र दलित अभिभाबकहरुको क्षमता विकासका लागी संम्बन्धीत स्थानिय तहहरुमा योजना छनौट गर्दा यो विषयलाई प्रथामिकीकरण गरी वस्तीस्तर तथा वडा स्तरबाट योजना तर्जुमा गर्ने र गर्न पहल गर्ने सरोकारवाला व्यक्ति तथा निकायहरु बाट प्रतिबद्धता जनाएका छन् ।
एनएनडिएस डब्लुओ कालीकोटले हालसम्म ९सय ६३ जना दलित बालबालीका तथा युवायुवती हरुलाई छात्रवृत्ति कार्यक्रम मार्फत शिक्षामा राहत उपलब्ध गरीसकेको छ । ४६ जना दलित युवायुवतिहरुले विभीन्न निकायमा रोजगारी प्राप्त गरी आफ्नो जिवन निर्वाहा गरीरहेको अवस्थालाई उपस्थित सरोकारवाला व्यक्ती तथा निकायहरुले उच्च प्रशंसा गर्दै आगामि दिनहरुमा थप सहयोगको लागी एन एन डि एस डब्लुओ कालीकोटसँग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
कालिकाेट
प्रतिक्रिया