फिदिममा अध्यक्ष ओलीले गराए पार्टीका अगुवा कार्यकर्ता भेला

पाँचथर । फिदिम सदरमुकाममा नेकपा (एमाले) ले अगुवा कार्यकर्ता भेला गरेको छ । नेकपा (एमाले) पाँचथरले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको एमाले जिल्ला सचिव विमल सापकोटाले जानकारी दिए ।

शनिबार पाँचथरको फिदिममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पार्टी उपाध्यक्ष एवं नेता सुवासचन्द्र नेम्वाङको विशेष अतिथ्यतामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

उक्त भेलालामा अध्यक्ष ओलीले चुनाव जित्ने मात्र नभइ देश विकासमा लाग्न सुझाव दिए । उनले कार्यकर्ताहरुलाई पार्टीमा बसिरहने मात्र नभइ गाउँ तथा टोल–टोलमा संगठन बनाउन र अन्य पार्टीका कार्यकर्ताहरुलाई गाउँ र टोलबाट पार्टी प्रवेश गराउँन आग्रह गरे ।

अध्यक्ष ओलीले २४ सै घण्टा कार्यकर्ता र नेतृत्वले मालीक भएर राजनीतिक गर्ने मात्र नभइ करेसाबारीमा खूर्सानी, इस्कुस, रोपेर किसानलाई प्रेरणा जगाउन निर्देशन दिए ।

प्रतिक्रिया