काठमाडौं । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।
उनलाई मुख्यमन्त्री बनाउँन अजै गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादीबीच मुख्यमन्त्रीमा आधा–आधा कार्यकाल आलोपालो गर्ने लिखित सहमति गरेर पहिलो चरणमा प्रस्ताव गर्ने गरी दाबी पेश हुन लागेको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ४ बजेसम्ममा संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्ने समय दिएका छन् ।
त्यही समयसीमा अनुसार सत्ता गठबन्धनका ८ दलले बुधबार पनि छलफल गरेका थिए । मन्त्रालय भागबण्डा र मुख्यम विषय आलोपालोको लिखित समझदारी गर्नु पर्नेमा कांग्रेसले सहमति नदिएपछि टुंगो लागेको थिएन ।
माओवादीले लिखित सहमति गरेर कांग्रेसलाई पहिलो चरणमा मुख्यमन्त्री दिएपछि आफूहरुले ४ मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ । कांग्रेसले भने ३ मन्त्रालय मात्र प्रस्ताव गरेको छ ।
प्रतिक्रिया