पाँचथर । पाँचथरमा पिकअप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका–८ निवासी ३० वर्षीय साजन केरुङको आइतबार बिहान पिकअप दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
फिदिम नगरपालिकाकास्थित फालेलुङ–८ लुवाफुदेखि फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको पिकअप आज बिहान दुर्घटना भएको थियो ।
साथै, उक्त पिकअपमा सवार ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । घाइतेहरूलाई लागि पाँचथर अस्पतालमा उपचार भइरहेको उनले बताए ।
प्रतिक्रिया