पर्सा । धोबिनी गाउँपालिका अध्यक्ष र प्रमुख प्रसाशकिय अधिकृतले भ्रस्टाचार गरेको र एक महिनादेखि गाउँपालिका नआएर वीरगञ्जमा कार्यालय सञ्चालन गरी व्यापक अनियमिता गरेको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
गाउँपालिका अध्यक्ष र प्रमुख प्रसाशकिय अधिकृतको कार्यशैलीप्रति आपत्ति जनाउँदै कार्यपालिका सदस्यहरुले शुक्रबार (आज) गाउँपालिकामा तालाबन्दी गरेका हुन् ।
गाउँपालिका अध्यक्ष मदन चौहानले गलत राजनीतिक मनसायले एकलौटी ढंगले गाउँपालिकाको करारका १५ जना स्वास्थ्यकर्मी र गाउँपालिकाको कार्यालय सहयोगी कर्मचारीहरुलाई हटाएर एक महिनादेखि कार्यालय नआएको तथा गाउँपालिकाको कार्यलय प्रमुख प्रसाशकिय अधिकृत महम्द नवाज हुसेनले १५ दिनको बिदा लिए पनि कुनै बिदाको पत्र नरहेको एक महिनादेखि कार्यालय नआउँदा वीरगञ्जमा कार्यालय सञ्चालन गरिरहेकोले गाउँपालिकामा आउने सेवाग्रहीहरुको कामकाज समयमा नहुँदा सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएको कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन् ।
गाउँपालिका अध्यक्ष चौहान, प्रमुख प्रसाशकिय अधिकृत हुसेन र एकाउन्टेन्ट धन्नजय दासदाशको मिलोमतोमा वीरगञ्जमा बसेर छुट्टै कार्यालय सञ्चालन गरी यो आर्थिक वर्षमा व्यापक भ्रस्टाचार गरिरहेका कारण बाध्य भएर आफूहरुले गाउँपालिकामा तालाबन्दी गर्नुपरेको वडा नम्बर ४ का वडाध्यक्ष अबास मियाँले जानकारी दिए ।
गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत नवाज हुसेनले गाउँपालिका अध्यक्ष मदन चौहानसँग मिलोमतो गरि एकलौटी तरिकाले जथाभावी चलाइरहेको ले र कार्यपालिका बोर्डलाई कुनै वास्ता नगरेको मियाँले बताए । त्यसै कारण बाध्य भएर गाउँपालिका उपाध्यक्ष मञ्जुदेवी पटेलको नेतृत्वमा १० जना कार्यपालिका सदस्यहरुको सहभागितामा गाउँपालिका कार्यालयमा ताला लगाई बन्द गरिएको छ ।
यदि गाउँपालिका अध्यक्ष चौहान, प्रमुख प्रसाशकिय अधिकृत हुसेन र एकाउन्टेन्ट धन्नजय दाशले समयमा गाउँपालिका नआए गाउँपालिका बन्द नै रहने र सशक्त अन्दोलन अगाडि बढाउने कार्यपालिका सदस्य दिनेश कलवारले बताए ।
गाउँपालिकामा तालाबन्दी कार्यक्रमा उपाध्यक्ष मञ्जुदेवी पटेल, वडा नं १ का वडाध्यक्ष बन्धु शाह, ३ का वडाध्यक्ष किशोर पटेल, ४ का वडाध्यक्ष अबास मियाँ, कार्यपालिका सदस्य दिनेश कलवार, नन्दकिशोर प्रसाद, रिनादेवी, शोभावती देवी प्रमजोती कुमारी, सारदादेवी, मदन सहनी लगायतको सहभागिता रहेको थियो ।
पर्सा
प्रतिक्रिया