मन्थली । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । सोही दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।
मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीयवासी बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने र एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ ।
स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ ।
मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको बा ११ च ५५३ नम्बर को बलेरो सडकबाट करिब एक यस मिटर तल झरेको थियो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए ।
प्रतिक्रिया