एनआईसी एशिया मर्चेन्ट मिट सम्पन्न

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ ‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा संचालनमा रहेका बैंकका १५० भन्दा धेरै व्यवसायिक साझेदारहरुको सहभागिता रहेको थियो ।

‘डिजिटल नेपाल फ्रेमवर्क’ र विश्व बजारमा भइरहेका सूचना प्रविधिको विकासलाई आत्मसात गर्दै ‘डिजिटल फष्ट बैंक’ बन्ने यस बैंकको दीर्घकालीन लक्ष्यमा मर्चेन्टले देखाएका हभागिता, सहकार्य र योगदानको उच्च मूल्याकन र कदर गर्दै सहयात्रालाई पुर्नताजगी गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा बैंकका लाइफ स्टाइल बैंकिङ्ग यूनिर्भस प्रमुख श्याम प्रसाद लामिछानेले हाल बैंकले प्रदान गर्दै आइरहेको विभिन्न डिजिटल सेवा तथा बैंकले आगामी दिनमा सुरु गर्न लागेका सेवाको बारेमा जानकारी गराएका थिए । साथै, आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने बैंकको योजना रहेको बैकले जनाएको छ ।

हालसम्म २१ लाख बढी मोबाइल बैंकिक ग्राहक, १४ लाख बढी डेबिट तथा क्रेडिट कार्डवाहक, २ लाख बढी क्युआर मर्चेन्ट, ४ हजार बढी पीओएस मर्चेन्ट तथा ३ सय बढी ई–कमर्श मर्चेन्टको साथै विभिन्न भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाले बैंकसँग सहकार्य गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया