बझाङ । दैनिक जिवनमा प्रयोग हुने तरकारी बाली मध्यको एक आलु तराईका जिल्लाहरुवाट बझाङ जिल्लामा आउन छोडेको छ । जिल्ला कृषि ज्ञान केन्द्र बझाङ र प्रधानमन्त्री कृषि आधुनिकरण परीयोजना इकाई कार्यालय बझाङले आलु उत्पादनका लागि सहजता ल्याएपछि बझाङ जिल्लामा तराई जिल्लाहरुको आलु आउन छोडेको सरोकार वालाहरुको भनाई रहेको थियो ।
आइतबार एक कार्यक्रमका बिच साना सिंचाई प्राथमिक प्रशोधन तथा भण्डारण स्थापना कार्यक्रममा छनोट समूह सहकारी तथा फर्मका पदाधिकारीहरुलाई कार्यक्रम कार्यान्वयसम्बन्धी अभिमुखीकरण गोष्टीमा बोल्ने अधिकांश वक्ताहरुले आलु वाली बझाङ जिल्ला लगभग निर्भर बन्ने लाईनमा रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर विष्टले बझाङ जिल्लाको हावापानी माटो आलु खेतिका लागी नै सुहाउने भएकाले सरकारले नै यही जिल्लालाई आलु उत्पादनको लागी छनोट गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परीयोजना लागु गरेको र यो परीयोजना लागु भएपछि आलु उत्पादनमा लगभग आत्मनिर्भर बनेको बताए ।
साथै, उनले बाहिरी जिल्लाबाट आउने आलुलगायत तरकारी वाली कम आउन थालेको बताए । यस वर्ष मात्रै यही जिल्लाबाट करीव पाँच करोडदेखि सात करोड म्मको आलु बाहिरी जिल्लामा निर्यात भएको र हाल सालै कैलालीको धनगढीमा सम्पन्न भएको शुदूरपश्चिम महोत्सवमा राखिएको स्टलबाट करीव जिल्लामा उत्पादन भएको आलु भागो कोदो भेरेको महबाट ४० लाख रुपैयाँभन्दा बढी विक्रि भएको उनले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सदस्य टोपबहादुर खड्काले हिजो हामी यही जिल्लामा बसेर छिमेकी राष्ट्र भारतमा उत्पादन भएको आलुको तरकारी खाने गरेको र आज यही जिल्लाको स्थानीयस्तरमै उत्पादन भएको बताए ।
उनले अर्गानिक आलु बाहिरी जिल्लामा निर्यात हुनु खुसीको कुरा भन्दै परियोजना कृषि ज्ञान केन्द्रले आलुमा आत्मनिर्भर बनाउनका लागि पहल चालेपछि स्थानीयस्तरमा रहेका कृषकहरुको जनजिवन फेरिएको बताए ।
कार्यक्रमा बोल्दै नेपाल पत्रकार महासंघ बझाङका निवर्तमान अध्यक्ष जगदीश रोकायाले जिल्लामा आलु उत्पादनका लागि निकै सम्भावना रहेको र ज्ञान केन्द्र परीयोजना इकाई कार्यालयले आलु उत्पादनका लागि पहल चालेपछी आलु उत्पादनमा आत्मनिर्भर बन्न लागेको बताए ।
उनले केन्द्र, प्रदेश सरकार र स्थानीय सरकारले आलु भण्डारण केन्द्र र संकलन केन्दका लागि भवनहरु निर्माण गरेको भएतापनि कतिपय संकलन केन्द्र भण्डारण केन्द्र प्रयोगविहिन अवस्थमा आएको र ति भवनहरुको संरक्षण गर्नु सबै निकायले ध्यान दिनुपर्ने बताए ।
बझाङ जिल्लाका विभिन्न ग्रामीण बजारहरु र सदरमुकाम चैनपुर बजारमा स्थानीयस्तरमा उत्पादन भएको आलु प्रसस्तै मात्रामा पाईने गरेको छ । सदरमुकाम चैनपुरमा स्थानीयस्तरमा उत्पादन भएको अर्गानिक आलुको मूल्य प्रतिकेजी २५ रुपैयाँ मात्रै रहेको छ ।
बझाङ
प्रतिक्रिया