कालीकोट । जिल्ला नागरिक कार्य समूहको बैठक आइतबार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नागरिक कार्य समूहका संयोजक कालिबहादुर मल्लको अध्यक्षतामा बैठक बसेको थियो ।
नागरिक कार्य समूह कालीकोटका पदाधिकारी, मानव अधिकारकर्मीलगायत जिल्लास्थित सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थित रहेको थियो ।
नागरिक कार्य समूहको बैठकबाट कालीकोट जिल्लामा रहेका जातिय विभेद, महिला हिंसा, बालविवाह, छाउपडी पर्था, घरेलु हिंसालगायतका घटनाहरुबाट पीडित पक्षमा वकालत, पैरवी गर्ने निर्णय गरेको छ । यस्तै बैठकबाट खाँडाचक्र नगरपालिका– । ६ मा भएको निरु विक घटनाको अनुसन्धानमा सहयोग गर्ने पनि निर्णय गरेको हो ।
कार्यक्रममा बोल्दै फेडो नेपालका कार्यक्रम संयोजक रमेश नेपालीले समुदायस्तरमा रहेका विभिन्न घटनाहरुको खोजी कार्य गरी नागरिकहरुलाई न्याय दिने काम गर्नतिर सवै लाग्नुपर्ने बताए ।
यस्तै, नागरिक कार्य समूहका संयोजक मल्लले विगत लामो समयदेखि कालीकोट जिल्लामा नागरिक कार्य समूहले सामाजिक न्यायका काम गर्दै आएको बताए । मल्लकाले आगामी दिनहरुमा पनि नागरिक कार्य समूह मानव अधिकार र रक्षालगायत समाजमा रहेका विभिन्न कुरिती कुसंस्कार न्यूनीकरणमा लाग्ने बताए ।
कालिकाेट
प्रतिक्रिया