पाँचथर । मगर सघं जिल्ला कार्य समितिको माघी पर्व समारोहमा फिदिम वडा नम्बर १ का वडा सदस्य दिपेन्द्र थापा मगरलाई सम्मान गरिएको छ ।
उक्त समारोहमा पाँचथर मगर समुदायबाट निर्वाचित जिल्ला, प्रदेश, संघमा निर्वाचित नेतृत्व गर्नेलाई सम्मान गरिएको जिल्ला सचिव प्रेम क्याप्छाकिले जानकारी दिए । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सम्मान गरिएको हो ।
समारोहलाई माघी पर्वको इतिहास र सामाजिक कार्यमा गरेको गतिविधि पूर्वसचिव लोकेन्द्र आलेले शुभकामना दिए । उक्त पर्व समारोहमा नगरपालिकाका प्रमुख काफ्लेले जिल्ला मगर सघं पाँचथरले विभिन्न सामाजिक कार्यमा अग्रसर भएको र भाषा संस्कृतिको जगेर्ना गर्न सबै लाग्नुपर्नेमा भजोड दिए ।
काफ्लेले मगर सघंको निर्माणधिन सामुदायिक भवन निर्माणमा थप पूर्णता दिन नगरपालिका लाग्ने प्रतिबद्धता जनाए । जिल्ला अध्यक्ष यौवन थापाको अध्यक्षमा भएको माघी पर्वमा विभिन्न खेलकुलदको आयोजना गरिएको छ ।
सोखेलमा हाडो फुटाउने, डोरी तानातान, बोहरा दौड, म्युजिकल चियर, बेलुन फुटाइलगायत रमाइलो खेल खेलेर पर्व मनाइएको छ । उक्त समारोहलाई जिल्ला सचिव प्रेम क्याप्छाकिले सञ्चालन गरेका थिए ।
समारोहलाई आदिवासी जनजाति महासंघ, सहायक सिडिओ लगायतले शुभकामना व्यक्त गरेका थिए । मगर सघंले बिहान शिवालय मन्दिरबाट र्यालीमा नौमती बाजासहित बजार परिक्रमा गरेर औपचारिक रुपमा कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिक्रिया