सुदूरपश्चिम प्रदेश कृषि कार्यक्रम प्रभावकरी बनाउन अन्तरक्रिया

बझाङ । सुदूरपश्चिम प्रदेश कृषि कार्यक्रम प्रभावकारी कार्यान्वयन तथा समन्वयसमबन्धि एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । बिहीबार कृषि विकास निर्देशनालय दिपायल डोटीको आयोजनामा बझाङको सदरमुकाम चैनपुरमा उत्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा कृषि विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी केशव पाण्डेले आर्थिक वर्ष २०७९–०८० मा सञ्चालन हुने कार्यक्रमहरु के—के हुन्, सुदूरपश्चिम प्रदेशमा कृषिका लागि माटोको अवस्था कस्तो छ, कृषि बालीमा देखापर्ने रोगहरु के के हुन्, कृषिका लागि गर्नुपर्ने कुराहरु के के हुन् लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर विष्टले स्थानीय तह र ज्ञान केन्द्रबीचको समन्वय समधुर हुनुपर्ने, बझाङमा उत्पादन भएको आलु, बन्दागोबी, मह धनगढी–महेन्द्रनगर बजारमा निर्यात भएको र कृषि ज्ञान केन्द्रको पहलमा जिल्लाको थलारा गाँउपालिका, साईपाल, बुगल नगरपालिकालगायतका पालिकाका केही ठाँउहरुमा स्याउका बोट–विरुवाहरु लगाउन सुरु गरीएको तथा जिल्लामा उत्पादन हुने हँसराज चामलाई प्याकेजिङ गरेर बजारमा पठाउने तयारी भइरहेको बताए ।

सोही कार्यक्रममा बोल्दै जिल्ला समन्य समितिका अध्यक्ष नरबहादुर बोहराले पछिल्लो समयमा सबैले रैथाने फलफूल र अन्नहरलाई भुलेर अन्तैबाट बजारमा आएको फलफूल र आन्नबालीहरुलाई बढी प्रयोग भइरहेको तथा यसलाई सबैले रोक्न पहल गर्नुपर्ने बताए ।

साथै, उनले र पछिल्लो समय कृषि ज्ञान केन्द्रकै पहलमा बझाङ जिल्लामा उत्पादन भएको आलु, मह, भगालो, बन्दागोबीलगायतका वस्तुहरुको धनगढी, महेन्द्रनगर र काठमाडौंका बजारमा पठाउन सफल भएकोमा कृषि ज्ञान केन्द्र बझाङका प्रमुख विष्टलाई धन्यवाद दिए ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष शैलेन्द्र रोकायाले प्रदेश सरकार, केन्द्र सरकार र स्थानीय सरकारबाट कृषिका लागी जिल्लामा लाखौँ तथा करोडौँ रकम विनियोजन भएता पनि वास्तविक कृषकहरुले नपाएको र आगामी दिनहरुमा यसलाई कम गर्न पहल तीनवटै सरकारले पहल चाल्नुपर्ने बताए ।

प्रतिक्रिया