बझाङ । जिल्लामा रहेका मासु व्यवसायीहरुलाई स्वच्छ मासु उत्पादन तथा कोल्डचेन प्रणाली सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भेटेनरी अस्पताल तथा पसुविज्ञ केन्द्र बझाङको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा भेटेनरी अस्पताल तथा पसु विज्ञ केन्द्र बझाङका कार्यालय प्रमुख विनोद कठायत, जिल्ला समन्वय समितिका अध्यक्ष नरवहादुर बोहरा, भैरव मावि झोताका प्रशिक्षक डा. शिव श्रेष्ठ लगाएत जिल्लाका मासु व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक डाक्टर शिव श्रेष्ठले मासु व्यवसायीहरुलाई स्वच्छ मासु उत्पादन कसरी गर्ने ? मासु उत्पादन स्थल कस्तो हुनुपर्छ ? मासुलाई सफा कसरी सफा राख्ने ? कोल्डचेन प्रणाली भनेको केहो ? पसु वधशाला तथा मासु ऐन २०५५ मा के के रहेको छ ? भन्ने बारेमा जानकारी गराए।
कार्यक्रमा बोल्दै भेटेनरी अस्पताल तथा पसु विज्ञ केन्दका कार्यालय प्रमुख कठायतले बझाङ जिल्लामा मासु उत्पादनको धेरै सम्भावना भएता पनि बाहिरी जिल्लावाट आयात गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘यसलाई कसरी कम र जिल्लामै स्वछ मासु उत्पादन गरी विक्रि वितरण कसरी गर्ने भन्ने चुनौति छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष नरवहादुर बोहराले मासु व्यवसायीहरुले पहिले भन्दा राम्रो गरेको बताए । उनले भने, ‘आफ्नो व्यवसाय दर्ता गरी चलाउनुपर्ने यस कार्यक्रमबाट सिकेका कुराहरुलाई ब्यवहारामा लागु गरी स्वच्छ मासु उत्पादन र विक्रि वितरसणमा सहयोग गर्नुपर्ने हुन्छ ।’
कार्यक्रममा अधिकांस मासु व्यवसायीहरुले आगामी दिनहरुमा कार्यक्रमवाट सिकेका कुराहरु ब्यावहारमा लागु गराउने बताए ।
बझाङ
प्रतिक्रिया