इलाम– २ मा १३० मतान्तरले सुवासचन्द्र नेम्वाङ अगाडि

इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणना रोचक बनेको छ । पूर्वसंविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

इलाम नगरपालिकाको वडा नम्बर १ को १ हजार ९ सय ९२ मत गणना गर्न बाँकी रहँदा नेम्वाङले १ सय ३० मतान्तरले अग्रता लिएका हुन् । यसअघि नेम्वाङ १६ मतले पछि परेका थिए ।

नेम्वाङले २९ हजार एक सय ३५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी खड्काले २९ हजार पाँच मतका साथ पछ्याईरहेका छन् । सो क्षेत्रमा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ ।

प्रतिक्रिया