मुगु । मुगुबाट प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन् । उनी १४ हजार ७ सय दुई मत प्राप्त गर्दै विजयी भएका हुन् ।
कांग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले जानकारी दिए । शाही र कार्कीबीच तीन हजार ९ सय ९४ को मतान्तर रहेको छ ।
विजयी भएका शाही नेपाली कांग्रेस मुगुको सभापति समेत हुन् । त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल विजयी भएका छन् । उनले ६ हजार ६ सय १८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
त्यस्तै सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले ५ हजार ५ सय ४५ मत प्राप्त गर्दै पराजित भए । मुगुको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (२) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मंगलबहादुर शाही निर्वाचित भएका छन् ।
शाहीले ८ हजार ४ सय २९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर मल्लले ४ हजार ८सय ८४ मत ल्याएको निर्वाचन अधिकृत दिलकुमार बर्देवाले जानकारी दिए ।
मुगु
प्रतिक्रिया