मोरङ । मोरङ निर्वाचन क्षेत्र ३ बाट नायिका समेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रेखा थापा र एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालको लज्जास्पद हार भएको छ ।
रेखालाई कांग्रेसका उम्मेदवार सुनिल शर्माले तेस्रो स्थानमा झार्दै विजयी हासील गरेका छन् । शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले २५ हजार ८९५ मत मात्रै पाए ।
त्यस्तै राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् । २०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए ।
प्रतिक्रिया