प्रदेशसभा (क) मा माओवादीका रावत विजयी

कालिकोट । कालिकोटका प्रदेशसभा (क) का लागि निर्वाचन क्षेत्र (क) को मतगणना सम्पन्न भएको छ । एक मात्रै प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको कालीकोटमा प्रदेशसभा (क) मा नेकपा माओवादी केन्द्रबाट गठवन्धनका साझा उम्मेदवार दुर्ग रावत विजयी भएका छन् ।

रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई १ हजार ६० मतान्तरले पराजित गरेका हुन् । रावत ९ हजार १२ मतले विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी शाहीले ७ हजार ९ सय ५२ मत प्राप्त गरे ।

प्रदेश (क) मा ३५ हजार ३ सय ५१ मतदाता मध्ये कुल खसेको मत १९ हजार ९३२ बाट रावत ले ९ हजार १२ मत प्राप्त गरेका छन् भने शाही ले ७ हजार ९ सय ५२ मत पाएका छन् ।

राप्रपाका सूर्यबहादुर शाहीले १ हजार ७१ मत प्राप्त गरे । नेमकिपाका रबिन्द्र बहादुर शाहीले १ हजार १ सय ७२ ल्याए । प्रदेश (क) मा जम्मा बदर मत ७ सय २५ रहेको छ । प्रदेशसभामा निर्वाचित रावत २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा २१११२ ल्याएर निर्वाचित थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया