काठमाडौं । एकीकृत समाजवादी पार्टीका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले जित हात पारेका छन् । बारा क्षेत्र–४ मा उनले २० हजार २ सय ९७ मत ल्याउदै जित हात पारेका हुन् ।
उनले एमालेका एकवाल मियाँलाई पराजित गरे। मियाँले १३ हजार ८ सय ६३ मत ल्याए । विसं २०७४ सालको निर्वाचनमा श्रेष्ठले तनहुँबाट रामचन्द्र पौडेललाई पराजित गर्दै सांसद भएका थिए ।
सत्ता गठबन्धनको भागबन्डा गर्दा उनले तनहुँमा नपाउने भएपछि बारामा झरेका थिए । उनले आफ्नो क्षेत्र परिर्वतन गरे पनि जित हात पारे ।
प्रतिक्रिया