काठमाडौं । काठमाडौं-६ प्रतिनिधि सभा सदस्यमा शिशिर खनाल विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हबाट चुनाव लडेका खनालले १४२०४ मत पाएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) सर्वेन्द्र खनालले ८९११ मत ल्याए भने नेपाली कांग्रेसका भीमसेन दास प्रधान ८८०५ मतसहित तेस्रो भए।
सांसदमा विजयी शिशिर टिच फर नेपालका संस्थापक हुन् । उनीसँग पराजित भएका सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हुन् भने प्रधान पूर्व रक्षामन्त्री हुन् ।
प्रतिक्रिया